प्रवक्ता महतले भनेः काँग्रेस आतंकवादको बिरुद्धमा छ
प्रकाशित मिति : 9 May, 2025 12:15 pm

काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।
शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताएका हुन् ।
उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताए ।उनले पाकिस्तान र भारतबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताए । उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए ।