२० मंसिर २०८२, शनिबार

उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

प्रकाशित मिति :  11 May, 2025 11:12 am


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन् ।

जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । उहाँले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गरेका हुन् ।

उनले आज पनि महिलाहरूमाथि धेरै खालका विभेदहरु हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताए । नेपालमा तुलनात्मक रुपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको बताए ।

अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !