२१ मंसिर २०८२, आइतबार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

प्रकाशित मिति :  11 May, 2025 4:45 pm


काठमाडाैँ । सरकारको आगामी आर्थिक वार्षिक नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतबाट पारित भएको छ । 

आइतवार राष्ट्रिय सभामा प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपश्चात निर्णयार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्वीकृत भएसँगै बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !