६ असार २०८२, शुक्रबार

प्रधानमन्त्री ओली लुम्बिनीमा, २५६९औँ बुद्ध जयन्ती समारोहमा सहभागी

प्रकाशित मिति :  12 May, 2025 11:38 am


दाङ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।

लुम्बिनी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्री पाण्डे, सङ्घीय सरकारका अन्य मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू तथा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने परम्पराअनुसार आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा लुम्बिनी क्षेत्रमा भव्य पूजा, प्रवचन तथा शान्ति सन्देशमूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री ओलीले शान्ति, सहिष्णुता र मानवताका पक्षमा सरकारको प्रतिवद्धता अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !