२० मंसिर २०८२, शनिबार

जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न एमाले सांसद महतोको माग

प्रकाशित मिति :  13 May, 2025 12:44 pm


काठमाडाैँ । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन् । उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याइन् ।

उनले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न आवश्यकबजेट विनियोन गर्न समेत सरकारसँग माग गरिन् । विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्था र श्रदाको केन्द्र जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उनको माग छ । 

सांसद महतोले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न बन्द रहेका उद्योग र कलकारखानाहरू सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस !