२० मंसिर २०८२, शनिबार

सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी नेताहरूलाई सांसद मगरको आग्रह

प्रकाशित मिति :  14 May, 2025 12:45 pm


काठमाडाैँ । नेकपा एमाले सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरुसँग आग्रह गरेकी छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह गरिन् ।

उनले सत्ता पक्षमा हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने र विपक्षीमा पुगेपछि जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरू गरेको भन्दै आपत्ति जनाइन् ।

सांसद मगरले संसद र संसदीय समितिलाई आरोप र प्रत्यारोपको दोहोरी खेल्ने ठाउँ नबनाउन आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !