राज्यका हरेक अङ्गमा सत्ता र शक्तिको लाजमर्दो भागबण्डा चलिरहेको छः सांसद कार्की
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अङ्गमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो टिप्पणी गरेकी हुन् । उनले सरकारले न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदुत र राष्ट्र बैंक जस्ता संस्थामा मेरिट र काबिलियतको कदर नगरेको आरोप लगाइन् ।
उनले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने प्रतिवद्धता दोहोरिने भएपनि कार्यान्वयन नहुने प्रवृत्ति दोहोरिहरको बताइन्। भाषण र घोषणामा सिमित नभई ठोस परिणाम दिने दिशामा अघि बढ्नुपर्नेमा जोड छ ।
सांसद कार्कीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको विदेश गएर उपचार गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्ने नीति ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।








