२० मंसिर २०८२, शनिबार

‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको न्यायको पक्षमा छः सांसद घर्ती

प्रकाशित मिति :  15 May, 2025 5:47 pm


काठमाडाैँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको न्यायको पक्षमा रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेकोले यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चका रूपमा रहेको बताएकी हुन् ।

उनले नेपाल जलवायु संकटको चरणमा रहेको र मौसमी घटनाका कारण विपतका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको पनि बताइन्। घर्तीले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक सर्वेक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन्।

विगत पाँच वर्षमा जलवायु विपद्बाट सहरी क्षेत्रमा २ खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको उनले दाबी गरिन् ।

सांसद घर्तीले देशमा भएका हिमालहरू जलवायु परिवर्तनकै कारण काला चट्टानहरूमा परिवर्तन भएको र यसलाई न्युनीकरण गर्नुपर्ने बताइन्। ‘सगरमाथा संवाद’ शुक्रबारदेखि हुँदैछ।



प्रतिक्रिया दिनुहोस !