फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष लिङदेन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधरता, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाए । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर बिद्रोहमा जाउ भन्नुपर्ने उनको तर्क छ ।
“आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रुपमा भनिदियोस् । कि हामी बिद्रोहमा जाउँ । राप्रपाले र राजा मान्छु भन्नेहरुले, हिन्दु राष्ट्र मान्छु भन्नेहरूले, संघीयता मान्दिन प्रदेश खारेज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरुले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्यो हामी बिद्रोहमा जान्छौं । बिद्रोहमा जाउ, जङ्गल पस भन्नुप¥यो,” उनले भने ।
उनले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलपा गरिरहेको भन्दै भत्र्सना गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।








