२० मंसिर २०८२, शनिबार

संविधानले अधिकार दिएपनि, विरोधी विचारलाई सरकारले निषेध गर्‍योः राजेन्द्र लिङदेन

प्रकाशित मिति :  16 May, 2025 4:30 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संविधानले दिएको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकारले आस्थाका आधारमा पचासौं मानिसहरुलाई थुनामा राखेर संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरेको आरोप लगाएका हुन् ।

उनले विचार अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता संविधानले दिएपनि व्यवहारिक रुपमा सरकार विरोधी विचारलाई निषेध नै गर्ने योजना बनाएर अघि बढीरहेको बताए ।

अर्थमन्त्रीले विधेयकको सिद्धान्त र प्राथमिकता उच्च प्राथमिकताका साथ राख्नुभएको मौलिक हक र निर्देशक सिद्धान्तको सरकारले कार्यान्वयन गर्ने अपेक्षा लिएको स्पष्ट पारे ।

उनले जहाँ राश्वले चालु खर्च धान्दैन त्यसलाई मजबुत बनाउन नियमित नभई विशेष योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।उनले उद्योगी व्यवसायीलाई साँच्चिकै व्यावसायिक बनाउन ऐन कानूनमा सुधार गरेरमात्र नभई व्यवहारमा पनि सुधार गर्नुपर्ने बताए । 



प्रतिक्रिया दिनुहोस !