नरेन्द्र प्यासीको आवाजमा रुमानीको धिम धिम मुटु
प्रकाशित मिति : 20 May, 2025 9:15 am
काठमाडौँ । गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा सङ्गीत छ ।
गीत, जीवन को उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ । जीवनमा एक्लो हुनुको पिडालाई गीतमा व्यक्त गरिएको छ ।
भिडिओमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहको मुख्य अभिनय छ । निहाल नरेन सिंहको निर्देशनमा बनेको भिडिओमा सविन अधिकारी सहायक निर्देशकको रूपमा छन् ।
यस गीत गीतकार रुमानीकै युट्युब च्यानल रुमानी क्रियशनबाट सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका रुमानीको शब्दमा यसअघि पनि कल कल मुया बोलको गीत सार्वजनिक भैसकेको छ ।








