२० मंसिर २०८२, शनिबार

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रकाशित मिति :  21 June, 2025 12:08 pm


काठमाडौँ।नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ।

मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा सुरक्षा गार्डहरूको पेशागत कार्यदक्षता, व्यवहार र उत्तरदायित्व सम्बन्धी विविध पक्षमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पुर्‍याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्घि ल्याउने रहेको आयोजकले जनाएका छन्।

तालिम कार्यक्रममा नेसनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पान्डव हमाल, केन्द्रीय सचिव तेन्जिङ भोटिया, केन्द्रीय सदस्यद्वय राजेश्वर तिवारी र विनय श्रेष्ठ, बागमती प्रदेश सचिव सन्तु खड्का, काठमाडौ जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज), उपाध्यक्ष लक्ष्मी गुरुङ, ईश्वर केसी, कोषाध्यक्ष विजय न्यौपाने, सहकोषाध्यक्ष हेमन्त श्रेष्ठ र सहसचिव प्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन समारोह नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिका सचिव गोविन्द बहादुर धामीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सुस्मिता मैनालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी , बिशेष अतिथि नगर प्रबक्ता नवराज भट्ट्राराई , नेसनल प्याब्सन केन्द्रीय सचिब तेन्जिङ भुटिया ,जिल्ला अध्यक्ष होम बहादुर अधिकारीले मन्तब्य राख्दै यस किसिमको तालिमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको बताउँदै आयोजकले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस !