२७ बैशाख २०८३, आइतबार

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका विद्यार्थीको मलेसिया भ्रमण सम्पन्न

प्रकाशित मिति :  29 June, 2025 3:31 pm


काठमाडौँ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीइएफ) का ३५ जना विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयु) मा पाँचदिने शैक्षिक तथा सांस्कृतिक भ्रमण सम्पन्न गरेका छन्।

भ्रमणका क्रममा उनीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको प्रत्यक्ष अनुभव गर्दै प्रविधि र नवप्रवर्तनमा आधारित विभिन्न तालिममा सहभागिता जनाएका थिए।

विद्यार्थीहरूले एपीयु भ्रमणका दौरान विभिन्न शैक्षिक क्रियाकलाप, प्रशिक्षण सत्र, आइस ब्रेकिङ गतिविधि, युनिभर्सिटी अवलोकन र सांस्कृतिक आदानप्रदान कार्यक्रममा भाग लिएका थिए। भ्रमणले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइको अभ्यास गराएको र अन्तर्राष्ट्रिय स्तरको ज्ञान हासिल गर्न मद्दत गरेको अध्यक्ष ई पंकज जालानले जानकारी दिए।

सांस्कृतिक आदानप्रदान कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थीहरूले आफ्नो संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्ना परम्परागत प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।

शैक्षिक कार्यक्रमसँगै सहभागीहरूले मलेसियाका प्रसिद्ध पर्यटकीय स्थलहरू—पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाईल्याण्ड्स, राजदरबार र पुत्रजयाको समेत अवलोकन गरेका थिए।

अध्यक्ष जालानका अनुसार, यस्तो अन्तर्राष्ट्रिय भ्रमणले विद्यार्थीहरूमा विश्वव्यापी सोच विकास गर्ने, विविध संस्कृतिप्रतिको सम्मान जगाउने र अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर प्रदान गर्दछ। उनले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय भ्रमण तथा शैक्षिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !