६ जेष्ठ २०८१, आइतबार

लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै राष्ट्रपति पशुपतिनाथमा

प्रकाशित मिति :  14 June, 2020 2:13 pm


काठमाडौं, जेठ ३२ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पशुपतिनाथको दर्शन गर्न पुगेकी छिन् ।संघीय संसदको प्रतिनिसधसभाबाट शनिबार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक पारित भएसँगै राष्ट्रपति भण्डारी पुजापाठका लागि पशुपतिनाथ पुगेकी हुन् ।

बिहान ९ बजेतिर पशुपतिको पश्चिम गेट हुँदै मन्दिर प्रवेश गरेकी उनी करिब आधा घण्टा मन्दिरमा रहेकी थिइन् ।लिम्पियाधुरासहितको नेपालको नक्सा समेटिएको निसान छाप संविधान संशोधन विधेयकमा पारित भएसँगै भारतसँग कूटनीतिक वार्तामार्फत भूमि फिर्ता ल्याउन सफल भइयोस् भन्ने कामनासहित पूजापाठ गरेकी थिइन् ।

उनी पशुपतिनाथ पुग्दा पशुपति क्षेत्रविकास कोषका कोषाध्याक्ष डा. मिलन कुमार थापालगायतको टोलीले स्वागत गरेको स्रोतले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !