१९ मंसिर २०८२, शुक्रबार

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का

प्रकाशित मिति :  25 July, 2025 3:18 pm


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताएका छन्।

शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले संविधानको मर्मअनुसार कानून बनेको छ की छैन भनेर सांसदहरुले विचार विमर्श गर्न जरुरी रहेको बताएका हुन् ।

उनले अब बन्ने कानून संविधानको मर्मअनुसार बन्नुपर्ने र अधिकारको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अधिकारी विकेन्द्रीकृत हुनेगरी कानून बनाउन जरुरी रहेको बताए । उनले कुनै पनि जलसम्बन्धी योजनाहरु निर्माण गर्न संघअन्तर्गतको आयोगमा आएर अनुमति लिइरहने कुराले विकासको काम अघि बढ्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !