नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
प्रकाशित मिति : 25 July, 2025 5:36 pm
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन् ।
शुक्रवार काठमाडाैँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताएका हुन्। राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरूका बारेमा छलफल भइरहेको बताए । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताए ।
सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गरे । उनले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताए।








