काँग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
प्रकाशित मिति : 25 July, 2025 6:06 pm
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् ।
शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताएका हुन् ।
अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरू गर्ने बताए ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने बताए ।








