२० मंसिर २०८२, शनिबार

‘रेलिमै’ बोलको तीज गीत सार्वजनिक, कृश र संचिताको अभिनय

प्रकाशित मिति :  28 July, 2025 7:31 am


काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय जेबिएस क्रियशनले आफ्नो नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक भएको उक्त गीतले तीजको रौनक थप्ने विश्वास गरिएको छ।

गीतमा बाबुराम पन्थीको उत्कृष्ट शब्द सृजना, सन्तोष पन्थीको संगीत र बाबुराम पन्थी, सन्तोष पन्थी, गोबिन्द पन्थी, बालिका तामाङ तथा सीमा नेपालीको स्वर रहेको छ।

तीजको परम्परागत भावनालाई समेट्ने शैलीमा तयार पारिएको गीत नेपाली श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

गीतको म्युजिक भिडियो तिलक ठकुरी ‘चिट्ठी’ को निर्देशनमा तयार पारिएको हो। भिडियोमा कृश क्षेत्री र संचिता बोलाखेलको मुख्य अभिनय देख्न सकिन्छ। उनीहरूको नृत्य र अभिनयले भिडियोमा तीजको उत्सव झल्काउने प्रयास गरिएको छ।

जेबिएस क्रियशनले यसअघि पनि दर्जनौं गीत सार्वजनिक गर्दै नेपाली सांगीतिक बजारमा आफ्नो उपस्थिति जमाउँदै आएको छ। नयाँ गीत ‘रेलिमै’ ले पनि त्यसै शृंखलालाई निरन्तरता दिएको छ।



प्रतिक्रिया दिनुहोस !