‘गरम गरम भो’ गीत सार्वजनिक, गोविन्द विवश र सुमित्रा गुरुङको अभिनय
काठमाडौँ । उदीयमान संगीतकार भुवन बिके र गायिका रेहाना पुन मगरको आवाजमा रहेको ‘गरम गरम भो’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमबार साँझ कमल सिंजाली थापा युट्युब च्यानल मार्फत नेपाली संगीत बजारमा उक्त गीत सार्वजनिक गरिएको छ । यो गीत संगीतकार भुवन बिकेकै उत्कृष्ट शब्द सृजना तथा लयमा तयार भएको हो । गीतमा गोविन्द अनेक, मनोज बिक, बिन्दु बिसी, र सुनिता लोहनी लगायतको सामूहिक आवाज छ ।
गीतको संगीत संयोजन भने कमल थापाले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ भने चर्चित साउन्ड इन्जिनियर श्यामश्वेत रसाइली गरेका छन् ।
प्रिजमा डिजिटल स्टुडियोमा तयार गरिएको यस गीतको रेकर्डिङ भने गोविन्द अनेकले गरेका छन् ।
संगीतकार भुवन बिकेले नै निर्देशन गरिएको उक्त गीतको भिडियोको मुख्य अभिनयमा गोविन्द विवश र सुमित्रा गुरुङलाई देख्न सकिन्छ । कोरियोग्राफि भने गोविन्द विवश आफैले गरेका हुन् । यस गीतको छायाङ्कन सुमन थापा र सौगात थापाले गरेका छन् ।








