१९ मंसिर २०८२, शुक्रबार

ट्रकको भारवहन क्षमता सम्बन्धी उजुरीमाथि आज सार्वजनिक लेखा समितिमा छलफल

प्रकाशित मिति :  15 August, 2025 9:42 am


काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा ट्रकको भारवहन क्षमता सम्बन्धी कानुनी प्रावधान कार्यान्वयन तथा नियमनका विषयमा प्राप्त उजुरीमाथि आज छलफल हुने भएको छ।

सिंहदरबारस्थित समितिको बैठकमा बिहान ११ बजे बस्ने बैठकमा ट्रक यातायात व्यवसायी महासंघका आधिकारिक प्रतिनिधिलाई समेत सहभागी हुन आमन्त्रण गरिएको छ।

उक्त छलफलमा ट्रकको भार सीमा तोक्ने र त्यसको पालनामा देखिएका चुनौती, कानुनी व्यवस्था र नियमनका प्रभावकारी उपायबारे समीक्षा हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !