राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध
प्रकाशित मिति : 26 August, 2025 7:38 pm
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कारण उनी सर्वसम्मत सभापति बनेकी हुन् ।
न्यौपानेले उम्मेदवारी दर्ता गर्दा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र नेकपा (एमाले) सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेकी थिइन् । समितिको सभापतिमा अन्य कुनै उम्मेदवार नआएपछि उनी निर्विरोध विजयी भएकी हुन् ।
यसअघि उनी संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् । पार्टीको निर्णयअनुसार सो पदबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् ।
समितिको भोलि दिउँसो ३ बजे बस्ने बैठकले न्यौपाने निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।








