छिमेकी राष्ट्रहरूले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे, सरकार दृढताका साथ उभिनुपर्छः सभामुख घर्तिमगर
प्रकाशित मिति : 31 August, 2025 4:58 pm
काठमाडाैँ । लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भू-सीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताएका छन् ।
आइतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उनले यस्तो बताएका हुन् । उनले छिमेकी राष्ट्रहरूले नेपालसँगको सीमा विवादको विषयमा अन्तर्राष्ट्रिय मान्यताविपरित व्यवहार गरिरहेको आरोप समेत लगाए।
उनले सन्धिका बखत जुन ठाउँबाट नदी बगिरहेको छ त्यही ठाउँलाई सीमा मान्नुपर्ने भएपनि छिमेकी राष्ट्रहरू चीन र भारतले अटेर गरिरहेको भन्दै सीमा रक्षाका लागि सरोकारवाला सबै दृढताका साथ उभिनुपर्ने बताए ।
सभामुख घर्तीमगरले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख तथा मन्त्रीहरूले मातृभूमिप्रति गहिरो प्रेम र दायित्व देखाउनुपर्ने आवश्यकता औंल्याए ।








