१९ मंसिर २०८२, शुक्रबार

एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन-महासचिव पोखरेल

प्रकाशित मिति :  1 September, 2025 1:36 pm


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बन्न नसकेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

महासचिव पोखरेलका अनुसार, पार्टी अहिले सरकारको नेतृत्वमा भए पनि राष्ट्रकै नीति बनाउन सक्ने अवस्थामा पुगेको छैन । “सरकार बनाउन हामी विभिन्न विचारका दलसँग सहकार्य गरिरहेका छौँ, तर एमालेको नीति राष्ट्रको नीति बनाउने अवस्थामा अझै पुगेका छैनौँ,” उनले स्पष्ट पारे ।

उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि आफ्नो नीति राष्ट्रकै नीति बनाउन सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए ।

क्रान्तिको अधुरोपनबारे टिप्पणी

महासचिव पोखरेलले नेपालको राजनीतिक क्रान्तिले अपेक्षित रूपमा राज्यसत्ताको चरित्र निर्धारण गर्न नसकेको उल्लेख गरे । “कुन वर्गको नेतृत्व हुने भन्ने फैसला राजनीतिक क्रान्तिले गर्न सक्ने हो तर हाम्रो क्रान्तिले त्यो निर्णय दिन सकेको छैन,” उनले भने ।

उनका अनुसार, क्रान्तिलाई पूर्णता दिन आवधिक निर्वाचनलाई वर्गसंघर्षकै रूपमा बुझेर वर्गीय नेतृत्व स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने हुन्छ । तर पछिल्लो समय चुनावलाई अवसर प्राप्तिको माध्यमका रूपमा मात्रै लिइएको भन्दै उनले आलोचना गरे ।

राष्ट्रिय शक्तिको हैसियतबारे प्रश्न

कार्यक्रममा महासचिव पोखरेलले एमाले निर्णायक शक्ति बन्ने प्रश्न अझै पनि बाँकी रहेको बताए । उनले पार्टीभित्र नीति, संगठन र नेतृत्व क्षमतामा सुधार गर्दै मात्र एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउने प्रस्ट पारे ।



प्रतिक्रिया दिनुहोस !