१९ मंसिर २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने, यस्ताे छ कार्यसूची

प्रकाशित मिति :  3 September, 2025 7:35 am


काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका लागि सभामुख देवराज घिमिरेले आह्वान गरेका छन् ।

बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकको सम्भावित कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !