संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज
प्रकाशित मिति : 3 September, 2025 7:37 am
काठमाडौँ । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
समितिको अनुसार बैठकमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।








