१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दै

प्रकाशित मिति :  4 September, 2025 7:50 am


काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछन् । आज अपराह्न १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २९७औँ बैठक सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्यबारे छलफललगायत विविध विषयमा विचार विनिमय हुने सचिवालयले जनाएको छ ।

सो बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३०५औँ बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन तथा अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिएको छ।



प्रतिक्रिया दिनुहोस !