१९ मंसिर २०८२, शुक्रबार
एमालेकाे दाेस्राे विधान महाधिवेसन

एमालेको संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१, ६४ हजार ७ सय ६ कमिटी गठन

प्रकाशित मिति :  5 September, 2025 8:12 pm


ललितपुर) । नेकपा (एमाले) को पछिल्लो अद्यावधिक तथ्यांकअनुसार पार्टीका संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेका छन् ।

दोस्रो विधान महाधिवेशनमा साङ्गनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शंकर पोखरेलले यो संख्या १०औं महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

प्रतिवेदनअनुसार हालसम्म एमाले ६४ हजार ७ सय ६ कमिटीमा संगठित भइसकेको छ । यद्यपि कतिपय जनसंगठनको तथ्यांक अझै अद्यावधिक नभएकाले पार्टीको कुल सदस्य संख्या करिब १२ लाख ६९ हजार १ सय ६१ रहेको बताइएको छ ।

महासचिव पोखरेलका अनुसार डेढ लाखजति सदस्य अझै संगठित हुन बाँकी छ । हालसम्म ४ लाख २७ हजार १६ जना कार्यकर्ता विभिन्न कमिटीमा आबद्ध भएका छन् ।

जिल्ला, प्रवास, प्रदेश र सम्पर्क मञ्चस्तरमा १ सय ३ जिल्ला कमिटी, १ हजार ६७ पालिका कमिटी, ७ हजार ७ सय ६० वडा कमिटी र ५५ हजार ७ सय ७६ टोल कमिटी गठन भइसकेको छ ।

प्रदेशगत संरचना
कोशी प्रदेशमा १४ जिल्ला, १ सय ३६ पालिका, १ हजार १५७ वडा र ७ हजार १०१ टोलसहित ८ हजार ४०८ कमिटी रहेका छन् ।
मधेस प्रदेशमा ८ जिल्ला, १ सय ३६ पालिका, १ हजार २७१ वडा र ६ हजार ५१५ टोलसहित ७ हजार ९३० कमिटी छन् ।
बागमती प्रदेशमा १३ जिल्ला, १ सय ११ पालिका, १ हजार १२१ वडा र १४ हजार २०६ टोलसहित १५ हजार ४५१ कमिटी छन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला, ८५ पालिका, ७५९ वडा र ५ हजार ५६० टोलसहित ६ हजार ४१५ कमिटी छन् ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९८३ वडा र ९ हजार २६७ टोलसहित १० हजार ३७१ कमिटी छन् ।

कर्णाली प्रदेशमा १० जिल्ला, ७९ पालिका, ७१८ वडा र ६ हजार ४५३ टोलसहित ७ हजार २६० कमिटी छन् ।
सुदूरपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा र ५ हजार ८५० टोलसहित ६ हजार ६८१ कमिटी रहेका छन् ।

सम्पर्क र प्रवासी संरचना
सम्पर्क समन्वय अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा गरी ८२४ कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्च अन्तर्गत ५ जिल्ला, ३६ पालिका र ७० वडा गरी १११ कमिटी गठन भएको छ । भारत शाखामा १० जिल्ला, १ सय ४१ पालिका र ४१६ वडा तह गरी ५६७ कमिटी रहेका छन् ।

नेता–कार्यकर्ता संख्या
तथ्यांकअनुसार जिल्ला तहमा ९ हजार ७७४ जना नेता–कार्यकर्ता, पालिका तहमा ४१ हजार ६३३ जना, वडा तहमा १ लाख ७४ हजार २४५ जना र टोल तहमा २ लाख १ हजार ३६४ जना आबद्ध भएका छन् । महासचिव पोखरेलले प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको संगठन विस्तार गतिलो रूपमा अघि बढिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !