एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास विफल
प्रकाशित मिति : 5 September, 2025 8:15 pm
ललितपुर । नेकपा (एमाले)ले राजावादी शक्तिबाट गणतन्त्र उल्ट्याउने प्रयास पूर्णरूपमा विफल भएको दाबी गरेको छ । गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।
प्रतिवेदनमा भनिएको छ, “बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका अझ प्रभावकारी बनाउन प्रयास तीव्र बनेको छ । गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयत्न विफल तुल्याइएको छ । समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं ।”
एमालेले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमार्फत प्रस्तुत गर्दै लोकतन्त्र र गणतन्त्र सुदृढीकरणमा पार्टी निरन्तर क्रियाशील रहेको निष्कर्षसमेत निकालेको छ ।








