३ चैत्र २०८२, मंगलबार
दोस्रो विधान महाधिवेशन

समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा भट्टराई

प्रकाशित मिति :  6 September, 2025 11:01 am


ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनले समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिव योगेश भट्टराईलाई दिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति घोषणा गरेका हुन् ।समितिका अन्य सदस्यहरूमा स्थायी कमिटी सदस्य तथा प्रचार–प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटव्युरो सदस्य ज्वाला साह, पोलिटव्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासम्बन्धी प्रश्नहरूलाई समेट्दै महाधिवेशनको स्पष्ट धारणा तय गर्ने संयोजक भट्टराईले जानकारी दिए । उनका अनुसार प्रस्ताव तयारीका लागि समितिको पहिलो बैठक केही बेरमै बस्ने छ ।



प्रतिक्रिया दिनुहोस !