सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने कांग्रेसको निर्णय
प्रकाशित मिति : 7 September, 2025 3:25 pm
काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सम्बन्धी सरकारको निर्णयबारे छलफल गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारसँग यसबारे छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
उनका अनुसार बैठकले सरकारसँग छलफल गरेपछि मात्र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।








