१९ मंसिर २०८२, शुक्रबार

आज चार संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  8 September, 2025 9:40 am


काठमाडौँ। प्रतिनिधि सभाका चार स्थायी समितिको बैठक आज बस्ने भएका छन् । बैठकहरूमा विभिन्न महत्वपूर्ण एजेण्डा छलफल गरिने कार्यसूची तय गरिएको छ ।

सबैभन्दा पहिले बिहान ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदाबारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यसपछि बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु हुनेछ । सो बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ ।

बिहान ११ः३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । यसमा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरिनेछ ।

दिउँसो १२ः३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने केरा व्यवसायी कृषकहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल हुने छ । यसका लागि अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र सरोकारवालाहरूलाई बैठकमा बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !