१९ मंसिर २०८२, शुक्रबार

जेन-जी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुग्यो

ट्रमा सेन्टरमा ६, सिभिलमा २, केएमसीमा १, त्रिवि शिक्षणमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु
प्रकाशित मिति :  8 September, 2025 3:49 pm


काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध भड्किएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

मन्त्रालयको प्रारम्भिक विवरणअनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।

उपत्यकाका अस्पतालमा ठूलो संख्यामा घाइतेहरू उपचाररत छन्। यद्यपि घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

आज दिनभर राजधानीसहित देशका विभिन्न स्थानमा भएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले रबरको गोली, अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको थियो। मृत्युको संख्या बढेसँगै आन्दोलन अझ चर्किन सक्ने देखिएको छ।



प्रतिक्रिया दिनुहोस !