सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु : मृत्यु हुनेको संख्या १४ पुग्यो
प्रकाशित मिति : 8 September, 2025 3:54 pm
काठमाडाैँ । सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु भएकाे छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन-जीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।








