१९ मंसिर २०८२, शुक्रबार
एमाले महासचिव पाेखरेलकाे प्रस्ताव

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सबै अंगबीचकाे एकता आवश्यक-महासचिव पोखरेल

प्रकाशित मिति :  8 October, 2025 4:02 pm


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणका लागि राज्यका सबै अंगबीच एकता, समन्वय र साझा दृष्टिकोण आवश्यक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा “निर्णायक राष्ट्रिय शक्ति निर्माण” को अवधारणा स्पष्ट गर्दै जनताले चुनेको राजनीतिक नेतृत्वको मार्गदर्शनमा कार्यपालिका, न्यायपालिका, विधायिका तथा सुरक्षा निकायहरू एउटै उद्देश्य र भावना लिएर अघि बढ्नुपर्ने बताएका छन् ।

पोखरेलका अनुसार राष्ट्र निर्माणका कामहरू सफल बनाउन सबै राज्य अंगहरू एउटै लय र तालमा अगाडि बढ्न जरुरी छ । उनले लेखेका छन्, “जब राज्यका सबै निकायहरू एउटै सोच, लय र भावना लिएर काम गर्छन्, तब मात्र राष्ट्रिय शक्ति संगठित, सक्षम र निर्णायक बन्न सक्छ ।”

उनले नयाँ पुस्ताको आकांक्षा अनुरूप राष्ट्र निर्माणको दिशामा यस्तो एकता र सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न यही दृष्टिकोण एमालेले अघि सारेको बताए ।



प्रतिक्रिया दिनुहोस !