रास्वपाको सचिवालय बैठक आज बस्दै
प्रकाशित मिति : 10 October, 2025 10:36 am
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान बस्दै छ । पार्टी प्रवक्ता मनिष झालेका अनुसार बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको हो ।
उनका अनुसार बैठकमा आगामी विस्तारित बैठकका एजेण्डा, सहभागिता र व्यवस्थापनका विषयमा छलफल हुनेछ । साथै, पार्टीले निकट भविष्यमै सञ्चालन गर्न लागेका राजनीतिक तथा जनसम्पर्क अभियानबारे पनि विस्तृत समीक्षा र योजना निर्माण हुने भएको छ ।








