१९ मंसिर २०८२, शुक्रबार
निर्वाचनमा दलिय सहयाेगकाे खाेजी

राष्ट्रपतिद्वारा चुनाव तयारीबारे सर्वदलीय छलफल आह्वान

प्रकाशित मिति :  10 October, 2025 10:43 am


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् ।

शीतलनिवासमा आज साँझ ४ बजे तय गरिएको उक्त बैठक आसन्न निर्वाचन तयारीमा केन्द्रित हुने शीतलनिवास स्रोतले जनाएको छ ।

सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेर तयारी तीव्र पारिरहेका बेला राष्ट्रपति पौडेलले चुनाव सफल बनाउन राजनीतिक सहकार्यका उपायबारे परामर्श गर्न लागेका हुन् ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेललाई भेटी निर्वाचन सम्बन्धी तयारी र राजनीतिक सहमतिको विषयमा जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !