१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रपतिद्वारा संवाद प्रारम्भ : भाेलि जेन–जीसँग प्रत्यक्ष छलफल गर्ने

प्रकाशित मिति :  10 October, 2025 8:13 pm


काठमाडाैँ । राजनीतिक दल र सरकारसँगको संवादको श्रृंखला अघि बढाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले अब जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्न लागेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेन–जी प्रतिनिधिहरूसँग भेटवार्ता तय गरिएको छ । सो छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित रहने छन् ।

सरकारका प्रवक्ता जगदिश खरेलले छलफलमा सरकारको औपचारिक सहभागिता रहने बताउँदै, “राष्ट्रपतिले युवापुस्तासँग प्रत्यक्ष संवाद गर्नुभएको कदम राजनीतिक स्थिरता र सहमतिको दिशामा महत्वपूर्ण हुने” प्रतिक्रिया दिएका छन् ।

आज दलका प्रतिनिधि र प्रधानमन्त्रीसँग गरेको छलफलपछि राष्ट्रपति पौडेलले सबै पक्षलाई आगामी निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका थिए । विश्लेषकहरूले यो पहललाई दल, सरकार र आन्दोलनकारी युवाबीचको संवादहीनता तोड्ने निर्णायक प्रयासका रूपमा लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !