६ जेष्ठ २०८१, आइतबार

४ सय ६३ जना कारोना संक्रमित थपिए, परीक्षण दर घट्दो

प्रकाशित मिति :  28 June, 2020 4:51 pm


काठमाडौं,१४ असार ।

सरकारले असार १५ सम्म हरेक दिन १५ हजार जनाको कोरोना  परीक्षण गर्ने बताएपनि यो दर उल्टो घट्दै गएको देखिएको छ ।

पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालाबाट जम्मा ४ हजार ९ सय ६२ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । परीक्षणमा देशका विभिन्न जिल्लामा ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै देशभर कूल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । क्वारेन्टाईनमा अझै ६१ हजार ७ सय ३१ जना छन् । संक्रमित मध्य अहिलेसम्म ३ हजार १३ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

जिल्लागत विवरण

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामा मोरङमा १७,झापामा २, उदयपुरमा ६, इलाममा १,सुनसरीमा १, धनुषामा १०, महोत्तरीमा ५६,डडेल्धुरामा १, अर्घाखाँचीमा ६, दार्चुलामा १ जना रहेका छन् । त्यस्तै दोलखामा २, गोरखामा १, गुल्मीमा ३७, खोटाङमा ४, रौतहटमा १७, सर्लाहीमा १, सिन्धुपाल्चोकमा १,  कपिलवस्तुमा ३, धादिङमा १, ललितपुरमा १, बाजुरामा ६३, कास्कीका ५, नवलपरासी पूर्वमा ३१, बागुलङमा २९, पर्वतमा २, सल्यानमा २, तनहुँमा ६ जनामा संक्रमणको पुष्टि भएको छ ।

लमजुङमा १, म्याग्दीमा २, पाल्पामा २, प्यूठानमा ३५, गुल्ममा १, रुपन्देहीमा १२, दाङ ३४, कपिलवस्तुमा ५, रोल्पामा १, नवलपरासीमा १, बाजुरामा ३२, रुकुम पश्चिममा १, कैलालीमा १७,डोटीमा १३ जना संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !