थाल बजाउदै सलह भगाउदै रूपन्देहीका सैनामैनावासी

रूपन्देही, १५ असार । 

रूपन्देहीको सैनामैनामा सलह किरा मकैबारीमा पसेपछि स्थानीयवासीले थाल बजाएर भगाउन थालेका छन् ।

आज बेलुकीसम्म सलह रुपन्देहीका अधिकांश भागमा प्रवेश गरेको छ । सलह किराको समूह कपिलवस्तु हुँदै पसेको र पुनः भारत प्रवेश गर्न लागेको स्थानीयको अनुमान छ ।

गत शनिबारबाट नेपाल पसेको सलह किरा शनिबार दिउँसो बुटवलका केही क्षेत्रमा देखिएको थियो भने सोमबार यस किराले रूपन्देहीका अधिकाशं ठाऊमा ढाकेको छ । लाखौका हुलमा प्रवेश गरेको सलहको हुले मकैबारीमा क्षति गर्ने थालेको छ ।

रूपन्देहीको सैनामैना नगरपालिकामा थाल बजाउदै सलह भगाउदै स्थानिसबासी

Posted by LUMBINI SANCHAR on Monday, 29 June 2020