८ जेष्ठ २०८१, मंगलबार

नाईट क्लबमा भेटिएपछि बिमल घर्तिसहित ४ खेलाडी कारवाहीमा

प्रकाशित मिति :  16 November, 2019 2:45 pm


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय टिमका ४ खेलाडीलाई अनुशासनको कारबाही गरेको छ।

 एन्फाले शनिबार बिहान  स्ट्राइकर विमल घर्तीमगर, मिड फिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको प्रवक्ता किरण राईले जानकारी दिए।

उनले चारै जनाले अनुशासनहीन काम गरेको भन्दै व्यवस्थापकले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई हटाइएको जानकारी दिए। यी चारै खेलाडी शुक्रबार राति ठमेलका विभिन्न नाइट क्लबहरुमा गएको एन्फाको आरोप छ।

नेपालले विश्वकप छनोटमा थिम्पुमा मंगलबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।



प्रतिक्रिया दिनुहोस !