१ आश्विन २०८३, बिहिबार

राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित

प्रकाशित मिति :  17 September, 2026 12:15 pm


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।

समितिको बिहीवार बसरको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए ।

उनकाअनुसार समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेश हुनेछ। सभापति ढकालले प्रतिवेदनलाई अन्तिम रुप दिन समिति सचिवलाई निर्देशन दिए । समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।

समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !