राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेट
प्रकाशित मिति : 23 September, 2026 12:46 pm
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार बिहान शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपति पौडेलले डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीसँगै रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ।









