१४ बैशाख २०८१, शुक्रबार

मास्क नलगाएर हिड्नेलाई कारवाही गर्न गृहको परिपत्र

प्रकाशित मिति :  6 July, 2020 5:24 pm


२२ असार, काठमाडौं ।

मास्क नलगाइ घरबाहिर हिँडडुल गर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।

कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रशासन र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सुचना अधिकारी उमाकान्त अधिकारीले बताए ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएयता बजारमा मानिसको भिड अत्याधिम मात्रामा बढेको छ ।



प्रतिक्रिया दिनुहोस !