१९ बैशाख २०८१, बुधबार

कोरोना संक्रमण देखिएपछि शहिद गंगालाल अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द

प्रकाशित मिति :  7 July, 2020 3:34 pm


काठमाडौं, २३ असार । 

काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गरेको छ ।

अस्पतालमा भर्ना भएका ७ जना बिरामीमा कोरोना पुष्टि भएपछि केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ ।

बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ ।

अस्पतालले आधिकारिक रुपमा कति जनामा संक्रमण देखिएको भन्ने बारेमा जानकारी नगराएपनि उपचारत ७ जना विरामीलाई कोरोना पुष्टि भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !