१८ बैशाख २०८१, मंगलबार

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

प्रकाशित मिति :  7 July, 2020 5:25 pm


ललितपुर, २३ असार  । 

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र साेसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए ।

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पनि बढ्दै गएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना जारी गरिसकेको थियो । “हालको समय र परिस्थितिका कारणका हामीले भोलि बुधबार रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ”, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले बताए ।

रातो मच्छिन्द्रनाथको रथयात्रा बैशख शुक्लप्रक्ष प्रतिपदा देखि शुरूभएर असार शुक्ल चाैथीमा समाप्त हुने गर्छ । याे जात्रा पाटन तथा काठमाडाैं उपत्यकामै लामाे जात्राकाे रूपमा मनाइने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !