१३ बैशाख २०८१, बिहिबार

पाेकाे एम २ प्राे भारतमा सार्वजनिक, सुरूवाती मूल्य १४ हजार भारू

प्रकाशित मिति :  8 July, 2020 10:50 am


काठमाडाैं । 

स्मार्टफाेन ब्राण्ड पाेकाेफाेनले पाेकाे सिरिजकाे नयाँ फाेन पाेकाे एम २ प्राे भारतमा सार्वजनिक गरेकाे छ । फ्याल्गशीप सिरिजमा सस्ताेमा राम्राे फाेनकाे नामले परिचित पाेकाेकाे नयाँ स्मार्टफाेनकाे सुरूवाती मूल्य १३ हजार ९९९ भारू तय गरिएकाे छ ।

अनलाइन कार्यक्रम गरि सार्वजनिक गरिएकाे याे फाेन कम्पनीकाे यसअघिकाे पाेकाे वान, टु र पाेकाे एक्सटुकाे नयाँ भर्सन हाे । पाेकाेका यसअघिका सिरिज धेरै विक्ने फाेनमा पर्छन् । सुरूमा चिनीया स्मार्टफाेन ब्रान्ड साअाेमीले ल्याएकाे पाेकाे अहिले छुट्टै ब्रान्डकाे रूपमा विश्व बजारमा उत्पादन ल्याइरहकाे छ ।

पाेकाे एम २ प्राे काे ४ जीवी र्याम र ६४ जीवी स्टाेरेज भर्सनकाे १३ हजार ९९९ मूल्य रहेकाे छ भने ६ जीवी र्याम ६४ जीवी स्टाेरेजकाे १४ हजार ९९९ ताेकिएकाे छ । फ्लीपकार्टबाट अनलाइन किन्न सकिने याे फाेनकाे ६ जीवी र्याम र १२८ जीवी स्टाेरेज भर्सनकाे मूल्य १६ हजार ९९९ भारू रहेकाे छ । यसकाे विक्री भने १४ जुलाइबाट मात्र हुनेछ ।

इनडिस्प्ले १६ मेगापिक्सेलकाे फ्रन्ट क्यामरा रहेकाे याे फाेनमा रियर क्यामरा भने चार वटा छन् । चार मध्ये मुख्य क्यामरा ४८ मेगापिक्सेलकाे छ भने बाँकी ८, ५ र २ मेगापिक्सेलका छन् । क्वालकम स्न्यापड्रागन ७२० जी प्राेसेसर रहेकाे याे फाेनमा ५०२० एमएएच ब्याट्रि रहेकाे छ भने एन्ड्राेइड १० अपरेटिङ सिस्टम र ३३ वाट फास्ट चार्जिंग फिचर छ ।

पाेकाेका विगतका सिरिजहरू नेपालमा पनि निकै चलेका स्मार्टफाेनमा पर्दछन् । नयाँ सिरिजकाे फाेन भने लकडाउनका कारण कहिल नेपाल भित्रन्छन् भने निश्चित नभए पनि उपभाेक्ता भने पर्खाइमा बसेकाे बताउछन् ।

 



प्रतिक्रिया दिनुहोस !