१६ चैत्र २०८०, शुक्रबार

तीनकुनेमा ट्राफिक प्रहरीको वृक्षरोपण

प्रकाशित मिति :  12 July, 2020 4:35 pm


काठमाडौं, २८ असार । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिनकुने स्थित खाली रहेको जग्गामा ‘ वृक्षरोपण कार्यक्रम’ सम्पन्न गरेको छ ।

आइतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपण गरी उद्घाटन गरेका हुन् ।

महाशाखाले सडकमा खालि रहेको छेउलाई हरियाली, मनमोहक र  रङ्गिन बनाई तिनकुनेलाई सुन्दरता दिनको लागि फूल रोप्न थालेको हाे ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फूलका विरुवाको उपलब्ध गरेको जानकारी दिए ।

वृक्ष रोपणमा गुलाव ,समी,अमला,किम्बु, आरू, धुपी,अमला, वेगमवेली,रिठ्ठा,पारिजात,कपुर,एभोगाडो जस्ता जातका ३५० बढी विरूवाट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका हुन् ।

ढकालले ती ट्राफिक कार्यालयहरू आफूले रोपेका फूलहरूलाई आफैले नै हेरचाह गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा बनाउने कार्यालयलाई पुरस्कृत गर्ने  बताए ।

 



प्रतिक्रिया दिनुहोस !