१५ बैशाख २०८१, शनिबार

तुलसीपुर उपमहानगरका सेवाग्राहीले बैंकमै पैसा जम्मा गर्नुपर्ने

प्रकाशित मिति :  16 July, 2020 2:03 pm


तुलसीपुर, साउन १ ।

तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेघा बैंकको काउन्टर स्थापनाका भएपछि आजदेखि नगदविहीन बनाइएको हो ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बंैकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए ।

काउन्टरको शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरेका छन् । उनले अनौपचारिक कारोवारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने उनकाे भनाइ थियो । आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको पनि जानकारी दिए। रासस ।



प्रतिक्रिया दिनुहोस !