२१ बैशाख २०८१, शुक्रबार

रोल्पाका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन

प्रकाशित मिति :  22 July, 2020 7:20 am


काठमाडौं, साउन ७ ।

रोल्पाका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । बुढाको बिहान साढे ४ बजे पाटन अस्पतालमा उपचारका क्रममा ९० वर्षका उमेरमा निधन भएको हो ।

रोल्पाको थवाङ घर भएका बुढा पूर्व सांसद समेत हुन् । पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले बुढाको उपचारका क्रममा निधन भएको जानकारी गराएका छन् ।

२०४८ सालको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट संयुक्त जनमोर्चाका तर्फबाट बर्मन बुढाले चुनाव जितेका थिए । आफ्ना प्रतिद्वन्द्वी राप्रपाका बालाराम घर्ती मगरलाई पराजित गरेर संसद बनेका थिए ।

२०४८ सालमा रोल्पाका २ क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट बुढा र क्षेत्र नम्बर २ बाट सभामुख कृष्णबहादुर महारा विजयी भएका थिए ।
छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर उनी सिंहदरबार छिरेपछि उनको चर्चा थप चुलिएको     थियो ।

बुढामगर रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य र २०४८ सालमा जिल्ला सचिव बनेका थिए । २०१२ सालमा कम्युनिष्ट नहुँदै कम्युनिष्टको आरोपमा मुद्दा खेपेका बुढा तीन पटक थवाङको प्रधानपञ्च बनेका थिए भने २०३७ सालमा प्रधान भएकै बेला २७ महिना जेल बसेका थिए ।



प्रतिक्रिया दिनुहोस !