१२ बैशाख २०८१, बुधबार

जमिन र समुद्रबाट उडान भर्ने चिनिया जहाजले गर्याे सफल उडान परिक्षण

प्रकाशित मिति :  28 July, 2020 10:36 am


काठमाडौं, १३ साउन ।

चीनले आफै निर्माण गरेको भूमि र समुद्र दुबै ठाउँबाट उपयोग हुन सक्ने एजी ६०० को सफलतापूर्वक पहिलो उडान समुद्रमा सम्पन्न गरेको छ ।

चीनको पूर्वी प्रान्त शाङदोङको सामुद्रिक किनारमा रहेको किङदाओ शहरमा यो पहिलो उडानको सफल परीक्षण गरिएको यसको निर्माताले जनाएको छ । स्थानीय समय १०ः१८ बजे आइतबार यो जहाजको परीक्षण करिब ३१ मिनटसम्म गरिएको चीनको उड्डयन उद्योग निगमले जनाएको छ ।

आइतवारको सफल उडान एक महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । भूमिबाट यसको उडान परीक्षण सन् २०१७मा गरिएको थियो । पानीबाट यसको पहिलो उडान सन् २०१८मा गरिएको थियो ।

कोडेनेम्ड कनलोङ एजी ६०० विश्वको सबैभन्दा ठूलो भूमि र पानीबाट उडान भर्न सक्ने विमान हो । यो आकस्मिक उद्धार कार्यका लागि प्रयोग गर्न सक्ने हेतुले चीनले यसको विकास गरेको हो ।

चीनले पानी र जमिनबाट उडान भर्न सक्ने यस्ता विमानको बहुआयामिक मिसनलाई ध्यान दिइरहेको छ । जंगलमा आगो लागेका बेला र पानीबाट उद्धार गर्नु परेको बेला यस्ता विमानको महत्व धेरै हुने र यो सक्षमता प्राप्त गर्न खोजेको हो ।

७३ मिटर लामो यो विमानको साइज बोइङ ७७ को जस्तो छ । यसले अधिकतम भार बोक्ने क्षमता ५३.५ टन छ भने उडानको अधिकतम रेन्ज ४ हजार ५ सय किलोमिटर रहेको चिनियाँ विमान निगमले जनाएको छ ।

समाचार स्राेतः CGTN



प्रतिक्रिया दिनुहोस !